२०८१, १४ बैशाख शुक्रबार

सात राष्ट्रसेवक सम्मानित

सरस्वति न्याैपाने     भाद्र १२ २०७८ १८:३०

rasuwa citizen society program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – जनैपूर्णिमा मेलामा घाईते भक्तालुहरुलाई उद्वार गरेकोमा नागरिक समाज रसुवाले जिल्लाका सात राष्ट्र सेवकलाई सम्मान गरेका छन् ।

सम्मानित हुनेमा रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल, नेपाली सेना विष्णुदल गणका गणपति प्रमुख सेनानी नरेश केसी र जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डे रहेका छन् । यस्तै, सम्मानित हुनेमा सशस्त्र प्रहरी २० नम्बर गुल्मका गुल्मपति लबकुमार सापकाेटा, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत सविन श्रेष्ठ, लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा राना र सहायक प्रजिअ दुर्गा थापा केसी रहेका छन्।

प्रमुख संरक्षण अधिकृत रानाले लाङटाङ राष्ट्रिय निकुञ्जकाे जैविक विविधता संरक्षण कार्यमा याेगदान पुर्‍याउनु भएकाे र अन्य राष्ट्रसेवकहरुले यहि ६ गते जनैपूर्णिमा पर्वमा गाेसाइँकुण्ड जादाँ लेक लागेर गम्भीरअवस्थामा पुगेका चार यात्रुलाई उद्वार गरि मानवीय सेवामा अतुलनीय याेगदान पुर्‍याए बापत सम्मान गरेकाे रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

बिरामी भई गम्भीर अवस्थामा पुगेका यात्रुलाई नेपाली सेनासहितकाे प्रहरी टाेलीले स्टेजरमा बाेकी द्रुतरूपमा रसुवा अस्पताल धुञ्चे पुर्‍याएका थिए । अचेत अवस्थामा अस्पताल पुर्‍याइएका बिरामी यात्रु उपचार पश्चात् आ-आफ्ना घरतर्फ फर्कि सकेका छन् ।

सम्मानितले मानवीय सेवाकाे अलवा वर्षायामकाे राजमार्ग सञ्चालन लगायत सुरक्षा व्यवस्था मजबुद दैनिकी सेवा प्रवाह छिटाे छरिताे गराई जनहितकारी याेगदान गरेकाले नागरिक समाजका सचिव लामा रेञ्जन घलेले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top