२०७८, ९ माघ आईतवार

आजदेखि मेरो माइक्रोफाइनान्सको शेयर लिलामीमा

डबली खबर     भाद्र ८ २०७८ १२:२५

mero microfinance
nuwakot trishuli graphic web media service 2020

काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ लाख ८३ हजार ५ लाख ५८९ कित्ता शेयर आजदेखि लिलामीमा ल्याएको छ ।

भदौ १६ गते सम्मका लागि विक्री खुला गरेको कम्पनीको लिलामी शेयर खरिद गर्न न्युनतम मुल्य प्रतिकित्ता ५ सय ८० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त शेयरको बोलपत्र पेश गर्दा न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको अनुसार बोलपत्र भदौ १७ गते बिहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा खोलिने छ ।




Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top