२०८१, १३ बैशाख बिहीबार

अपायकका कारण अेाझेलमा पार्वतीकुण्ड र दुधकुण्ड

सरस्वती न्याैपाने     भाद्र ५ २०७८ १७:०७

parvatikunda and dudhkunda rasuwa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – आमाछाेदिङमाे गाउँपालिका र गाेसाईकुण्ड गाउँपालिकामा पर्ने पार्वतिकुण्ड र दुधकुण्डमा मानिसहरूकाे अपायकका कारण अझै अेाझेलमा रहेकाे छ ।

पदयात्राको लागि रसुवा भौगोलिक विविधताले भरिएको जिल्ला हो । जहाँ धार्मिक, सांस्कृतिक र उच्च हिमश्रृंखलाहरु छन् । धार्मिक तथा प्रकृतिबाट निर्मित दुई दर्जन भन्दा बढी पर्यटकीय स्थलहरुले गर्दा रसुवा नेपालको पर्यटकीय हिसावले तेस्रो गन्तव्यको रुपमा चिनिन्छन् । जिल्लामा उतिकै धार्मिक रुपमा परिचित पार्वतीकुण्ड र दुधकुण्डको अथाह रहेको छ ।

दुधकुण्ड

साविकको गत्लाङ गाविस र हालको गोसाईकुण्ड गाउँपालिका वडा नं. दुई टिमुरेमा रहेको दुधकुण्ड धार्मिक पर्यटकका लागि महत्व छ । तर प्रचारप्रसारमा कमी भएपछि गुमनाम छन् । यसलाई स्थानीय भाषामा पेदाङ छोले चिनिन्छ । ‘पेदाङ’ अर्थ दुध र ‘छो’ को अर्थ कुण्ड भनेको हो । चार हजार सात सय मिटर उचाइमा रहेको यो कुण्ड गुमनाम रहेतापनि फाट्फुट विदेशी लगायत स्थानीय जाने गर्दछन् ।

टिमुरेबाट चार दिन लाग्ने दुधकुण्ड गोसाईकुण्ड भन्दा अग्लो स्थानमा रहेको छ । १५ वर्ष अगाडी लामा गुरुहरुले दुधकुण्ड पत्ता लगाएका थिए । गत्लाङको पार्वतीकुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् भन्ने किवंदन्ती रहेको छ ।

टिमुरेका प्रमुख लामा गुम्बोवाङा लामाका अनुसार यस कुण्डको पानी चामलको चौलानी जस्तै देखिन्छ । चौलानीलाई तामाङ भाषामा ब्रेमु भनिन्छ ।

पार्वतीकुण्ड

स्थानीय तामाङ भाषामा आमाको अर्थ पार्वती र छोदिङमोको अर्थ जमेको पानी हो । यही भाषाको आधारमा आमाछोदिङमोको नेपाली नामाकरण पार्वतीकुण्ड हो । यसै नामबाट पालिकाको नाम राखिएको छ । गोसाईकुण्डपछि दोस्रो कुण्ड भनेर चिनिन्छ । यस ठाउँमा जनैपुर्णिमाको बेला ठुलो मेला लाग्छ ।

पौराणिक कथन अनुसार भगवान शिवले कालकुट विष सेवन गरेर पानीको खोजीमा गोसाईकुण्ड जाँदा पार्वती महिनावारी भएपछि महादेवलाई हेर्न र छुन नहुने भएपछि पार्वती भगवान शिवलाई नदेखिने पहाडको फेदमा अहिलेको कुण्डमा विराजमान रहेको भन्ने कथन रहेको छ ।

यहाँ जनैपूर्णिमामा लामा, झाँक्रीहरु से-सेले बोम्बो से गीत गाउँदै स्थानीय सहित जाने गर्दछन् । यस कुण्डमा सन्तान नहुनेले पनि त्यहाँ पुग्दछन ।

जिल्लामा एक सय आठ कुण्ड रहेका छन् । जिन्दगीमा एक पटक गोसाईकुण्ड पुगेपछि पार्वतीकुण्ड पनि पुग्नुपर्छ भन्ने धार्मिक मान्यता रहेको छ । स्थानीय सरकारले अपायकलाई पायक पर्ने खालकाे वनाय त आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्य वन्ने ठाउँ हाे ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top