२०८१, १३ बैशाख बिहीबार

विश्वकै लोकप्रिय बियर ‘बडवाइजर’ नुवाकोट बजारमा

डबली खबर     भाद्र १ २०७८ १९:४८

budweiser the king of beers
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विश्वकै लोकप्रिय ब्राण्ड “बड्वाइजर” बियर नुवाकोट बजारमा भित्रिएको छ । संसारका १५० भन्दा बढी देशहरूमा ठूलो सफलता प्राप्त गरिसकेको लोकप्रिय अमेरिकी शैलीको लागर बियर बड्वाइजरको स्वाद अब नुवाकोटका उपभोक्ताहरूले समेत मज्जा लिन पाउने भएका छन् ।

मंगलबार नुवाकोट र रसुवाको लागि आधिकारिक बिक्रेता रहेको सत्यसाई मार्केटिङले आफ्ना डिलरहरुलाई बडवाइजरतर्फाबाट उपहार प्रदान गरेर नुवाकोटमा शुभारम्भ गरेका हुन् । सत्यसाई मार्केटिङ सञ्चालक राजु बोगटीले नुवाकोटमा बडवाइजर बियर भित्र्याएर बियर पारखीको यस बियरले चाहना पूर्ति गर्न पाएकोमा एकदमै उत्साहित रहेको बताए ।

बडवाइजर बियरमा ५ प्रतिशत अल्कोहलमा आकर्षक बोतलमा उपलब्ध रहेको छ । ६५० मिलिलिटरको उपभोक्ता मुल्य ३५० रुपैंयाँ र ३३० मिलिलिटरको उपभोक्ता मुल्य १८५ रुपैंयाँ रहेको छ ।

बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरको रुपमा भएको थियो । आजपनि बड्वाइजर १४० वर्ष को ब्रुइङ्ग प्रकृयाको माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफल भएको छ । उत्तम सन्तुलन र स्वादको लागि बड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ । बड्वाइजर प्राकृतिक कार्बोनेसन, बीचवुड एजिङ्ग र लामो समयसम्म ब्रुर (प्रशोधन) गरि तयार गरिएको हुन्छ जसले अतुलनिय सन्तुलन र स्वाद बनाइ राख्दछ ।

अमेरिकी कम्पनीले उत्पादन गर्ने बडवाइजर बियरले मेस्सीको ऐतिहासिक खुसी साट्न प्रवर्द्धनात्मक अभियान चलाएको थियो । मेस्सीले आफ्नो खेल जीवनमा ६४४ गोल १६० जना गोलकिपर विरुद्ध गरेका थिए । कम्पनीले ६४४ गोल बराबरकै ६४४ वटा युनिक बोतल उत्पादन गरी ती सबै गोलकिपरलाई वडवाइजर बियर उपहारस्वरुप दिइएको थियो ।

एबि इन्बेभले जावालाखेल ग्रुपअफ इण्डष्ट्रिज अन्तर्गतको नेपालको प्रतिष्ठित ब्रुअरी, राज ब्रुअरीको सहकार्यमा गत जनवरीमै बड्वाइजर बियर भित्रिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top