रसुवा – गाेसाँईकुण्ड गाउँपालिका वडा नम्बर ५ पुरानो गाउँभन्दा माथिकाे पहराे फुटेर ढुङ्गा आई पुर्णरूपमा क्षति भएका दुई जना राजु लामा र कामी पासाङ तामाङ लाई लाई दैविक प्रकाेप उद्वार समिति रसुवा ले सहयाेग रकम वितरण गरेकाे छ ।
गत साउन २९ गते विहान अत्याधिक पानी परेकाले गाउँ भन्दा माथि वाट पहराे फुटि ढुङ्गा खस्दा स्थानीय राजु लामा र कामी पासाङ तामाङकाे घर पुर्ण रूपमा क्षति भएकाे र उनिहरू लाई सहयाेग स्वरूप दैवीप्रकोप उद्वार समितिका अध्यक्ष एव प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल तत्कालै त्यहाँ पुगि २० हजार र १५ हजार रकम हस्तान्तरण गरेका हुन्।
प्रजिअ ढकालले त्यस ठाउँमा बसाेबास गर्ने सम्पूर्ण बासिन्दा हरूलाई अन्यत्र सुरक्षित स्थानमा राख्न पहल गर्ने प्रतिवद्वता व्यक्ति गरि सम्पूर्ण सराेकार वाला हरू संग समन्वय र छलफल भईरहेकाे बताए ।
साथै गाेसाईकुण्ड गापा अध्यक्ष कैसाङ नुर्पु तामाङ, वडा नम्बर ५ का वडा अध्यक्ष सिङगि ढिण्डुप तामाङ, नेपाल रेडक्रस साेसाईटि धुन्चे शाखाका अध्यक्ष बावुलाल तामाङ, नर्स एवम् सामाजिक अभियन्ता प्रतिमा लामालगायत सराेकार वालाहरू त्याहां पुगि राहत वितरण गरेका थिए । पहिरो पिडितहरूलाई सुरक्षित ठाउँमा सारिएको बताईएकाे छ ।
प्रतिक्रिया