२०७८, ८ आश्विन शुक्रबार

वित्तीय पहुँच अभिवृद्धिका लागि मेगा बैंक र नेपाल घरेलु महासंघबीच सम्झौता

डबली खबर     श्रावण २८ २०७८ ०९:१७

Mega Bank Agreement
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – मेगा बैंक लिमिटेडले लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने भएको छ । उक्त सहकार्यका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

महासंघ र बैंकबीच भएको सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ ।

प्रकाशित: श्रावण २८ २०७८ ०९:१७

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top