२०८१, १३ बैशाख बिहीबार

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँड

डबली खबर     श्रावण २३ २०७८ ०९:४३

logo muktinath development bank nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले साउन ७ गतेदेखि साउन १२ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्र बाँडफाँड गरिएको हो ।

ऋणपत्रमा रितपूर्वक प्राप्त आवेदनहरू प्रशोधन गर्दा सर्वसाधारणका लागि माग बमोजिम र व्यक्तिगत तवरबाट प्राप्त आवेदनको हकमा समानुपातिक रूपमा साउन २१ गते बाँडफाँड गरिएको हो ।

बैंकले ७ वर्ष अवधिको ८.७५ प्रतिशत व्याजदर भएको ‘मुक्तिनाथ डिबेञ्चर र ऋणपत्र २०८४–८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये बैंकले ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरी सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top