२०८१, १५ बैशाख शनिबार

ज्योति विकास बैंकले ल्यायो ‘ज्योति स्मार्टस् सेभिङ’ खाता, बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधा

डबली खबर     श्रावण १८ २०७८ १२:२६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्तालाई लक्षित गर्दै शून्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ ।

बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको छ । यस बचत खातामा ग्राहकहरुले शून्य मौज्दातमै निम्न सुविधाहरु पाउन सक्ने जनाएको छ ।

निःल्क डिम्याट खाता र पहिलो वर्षको सेवा, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क सी–आस्वा, निःशुल्क मोबाईल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, निःशुल्क डेबिट कार्ड जस्ता सुविधा उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५०५ छुट र धितो रकममा ३०५ छुटको सुविधाहरु पनि रहेका छ । ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने छ। ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकको आवश्यकता र मागलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसँगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको बताएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top