+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनमोहन स्मृति पार्कमा वृक्षारोपण कार्यक्रम

मनमोहन स्मृति पार्कमा वृक्षारोपण कार्यक्रम
डबली खबर
४ साल अगाडी

नुवाकोट – राष्ट्रिय युवा संघ नेपाल बेलकोटगढि नगर कमिटीले बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षारोपण बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय केशवराज पाण्डेको प्रमुख आथित्यमा गरिएको हो ।

बेलकोटगढि नगरपालिका वडा नं. ८ स्थित मनमोहन स्मृति पार्क र वडा नं. ९ स्थित चिहान डाँडामा गरि विभिन्न प्रजातिका करिब एक हजार १५० विरुवा रोपिएको राष्ट्रिय युवा संघ बेलकोटगढि नगर कमिटि सचिव दामोदर पुडासैनीले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीबाट घोषित ५ लाख वृक्षारोपण कार्यक्रम अन्तर्गत देशभर वृक्षारोपण कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ