२०८१, १३ बैशाख बिहीबार

रानिश्वाराका तीन घर उच्च जोखिम

डबली खबर     श्रावण १७ २०७८ १२:५३

ranishwara landslide nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – मध्यपहाडी लोकमार्गको नयाँ ट्रयाक विस्तारको क्रममा विदुर नगरपालिका वडा नम्बर १३ रानिश्वारास्थितका बस्ती जोखिम परेको छ ।

मध्यपहाडी लोकमार्गको देउडी-देवीघाटखण्ड अन्तर्गत रानिश्वारामा बर्षा लागेपछि नयाँ ट्रयाक खोल्न शुरु गरेको थियो। बर्षायाममा मेसिन लगाएर ट्रयाक खोल्दा बस्ती जोखिमको साथै खेतीयोग्य र सार्वजनिक वनक्षेत्र पहिरोको जोखिममा परेको स्थानीयहरु बताउँछन् । वर्षाको भेलले ठाउँठाउँ निर्माण गरिएको ट्रयाकहरु धुजा हुनुको साथै चिराचिरा परेको छ ।

स्थानीयले पहिरोको जोखिमलाई न्युनिकरण गर्न र उच्च जोखिम घरहरूको सुरक्षित व्यवस्था गर्न १३ नम्बर वडा कार्यालय र विदुर नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।

राजमार्गको सडक निर्माणको कारण र शुक्रबारदेखिको वर्षाको कारण माथिल्लो रानिश्वारा र तल्लो रानिश्वाराका तीन घर उच्च जोखिम रहेको स्थानीय श्रीकृष्ण ठकुरीले जानकारी दिए ।

साउन १२ गते जिल्ला अधिकारी जीवनप्रसाद दुलालको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद व्यवस्थापन समितिले मनसुनजन्य विपद प्रभावितका लागि निजी आवास निर्माण, विपद उद्धारका लागि तयारी र विपद प्रतिकार्य योजना कार्यन्वयन गर्न निर्णय गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top