+
Search

ताजा अपडेट +

पपुलर +

मेगा बैंकको विदुर शाखा बट्टारमा, देशभर एकैदिन ६ वटा नयाँ शाखा विस्तार

डबली खबर
४ साल अगाडी

नुवाकोट – मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो ।

नुवाकोट जिल्लाको विदुर नगरपालिकाको वडा नं २ को बट्टारमा नयाँ शाखा विस्तार गरेसँगै बैंकको शाखा संख्या १८४ पुगेको छ।

नुवाकोटमा वित्तीय साक्षरता तथा साना तथा मझौला व्यवसायलाई प्रमुख प्राथमिकतामा राखी कर्जा प्रवाह गरिने बट्टार शाखा प्रमुख रामहरी न्यौपानेले बताए । बैंकको खाता अनलाईन सेवा तथा नागरिक एपबाट पनि खोल्न सकिने उनले बताए । उनले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ