२०८१, १४ बैशाख शुक्रबार

त्रिशुली अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु हुने

डबली खबर     श्रावण ११ २०७८ १६:४१

satish kumar deo
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशुली अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका नर्सिङ र चिकित्सकका विभिन्न विषयगत शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

अस्पतालको ५७औं वार्षिकोत्सवको अवसरमा मेसु डा. दिपेन्द्र पाण्डे र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सतिशकुमार देवबीच सम्झौता भएको हो ।

शैक्षिक कार्यक्रम यहि भाद्रमहिनादेखि नर्सिङ र चिकित्सकका विषयगत कक्षा सञ्चालनमा ल्याईने डा. देवले बताए । भौतिक पूर्वाधार र शैक्षिक कार्यक्रम सञ्चालनको लागि उपयुक्त रहेकोले त्रिशुली अस्पताललाई छनौट गरिएको हो । शैक्षिक कार्यक्रम मात्र नभई स्वास्थ्य सम्बन्धि अनुसन्धान तथा जनरल प्रकाशनसमेत संयुक्तरुपमा गरिने उनले बताए ।

बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले गत असारदेखि शैक्षिक कार्यक्रम सुरु गरेको हो । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएसँगै पढाइ सुरु गरिएको हो । प्रतिष्ठानले केही समयअघि मात्रै ब्याचलर अफ पब्लिक हेल्थ, ब्याचलर अफ फार्मेसी र ब्याचलर अफ साइन्स इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी विषयमा अध्यापन गराउन अनुमति दिएको थियो ।

२०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय बागमती प्रदेशको राजधानी हेटौंडामा छ । प्रतिष्ठान सञ्चालनका लागि बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना ऐन, २०७६, पदाधिकारी व्यवस्थापन तथा सेवा सुविधा सम्बन्धी नियमावली, २०७७, आर्थिक प्रशासन नियमावली, २०७७, कर्मचारी सेवा, शर्त र सुविधासम्बन्धी नियमावली २०७७, अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७७ र शिक्षक सेवा, शर्त र सुविधासम्बन्धी नियमावली २०७७ जारी गरी कार्यान्वयन सुरु गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top