२०८१, १४ बैशाख शुक्रबार

त्रिशुली अस्पतालले मनायो ५७औँ वार्षिकोत्सव, सेवालाई प्रविधिमैत्री बनाईने

डबली खबर     श्रावण ११ २०७८ १८:२३

Dr Dipendra Pandey speech in Trishuli Hospital anniversary
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका-९ स्थित त्रिशुली अस्पताल चालुआर्थिक वर्षमा अस्पतालले प्रदान गर्ने दिने सेवालाई प्रविधिमैत्री बनाउने भएको छ । अस्पतालको ५७औँ वार्षिकोत्सव समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. दिपेन्द्र पाण्डेले उक्त जानकारी दिएका हुन् ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सवमा डा. पाण्डेले त्रिशुली अस्पतालले प्रदान गर्ने सेवालाई प्रविधिमैत्री बनाईने बताएका हुन् । कागजी टिकट, रिपोर्ट लगायतका विभिन्न सेवागत कागजी विवरणलाई पेपरलेसमा रुपान्तरण गरिने भएको छ । सेवाग्राहीले अब टिकट घरमै बसेर खरिद गर्न सकिने र भुक्तानी गर्न पनि सकिने प्रक्रिया अघि बढेको छ। डिजिटल टिकटले सेवाग्राहीको पूर्ण विवरण प्रविष्ट हुनेछ । कागज टिकट हराउने, च्यातिने झन्झटको समस्या नहुने भएकोले पेपरलेस टिकट विधि अपनाउने उनले बताए ।यसअघि अस्पतालले मोबाइल सञ्चार सेवाको सुरुवात गरी कोरोना परीक्षणको लागि पी.सी.आर गरिएका बिरामीको रिपोर्ट, ल्याब सेवाको रिपोर्ट सिधै सेवाग्राहीको मोबाइलमा पठाउने कार्यको थालनी गरेको थियो I कोरोनाभाइरसको जोखिम कम गर्न सामाजिक दुरी र भीडभाड कम गर्न र ब्यबस्थित सेवा सञ्चालन गर्न टिकट काउन्टर र विशेषज्ञ डाक्टर सुविधा लिन दोहोरो टोकन प्रणालीको सुरुवात गरेको थियो I

कान्ति बाल अस्पतालसंग पुन:सम्झौता गरि बालबालिकाकाको स्वास्थ्य उपचार प्रक्रियालाई निरन्तता दिने भएको छ । यस्तै, अस्पतालमा बालबालिकाको लागि आईसियु, हेमोडायलाईसिस, ज्येष्ठ नागरिकको छुट्टै वार्ड, ईन्डोस्कोपि, ल्यापरोस्कोपी, डेक्सा स्क्यान लगायतका सेवाहरु थप गरिने नीति रहेको बताए । अस्पतालमा कुल ५९ जना स्थायी दरवन्दी रहेकोमा २६ जना मात्र दरबन्दी परिपूर्ति भएको छ । अहिले ९ विशेषज्ञ चिकित्सक र १४ जना मेडिकल अधिकृतहरुले सेवा दिईरहेको छ । अस्पताल व्यवस्थापन समितिबाट थप जनशक्तिको व्यवस्थापन गरी प्रतिकुल समयमा पनि करिब दुइसय जना कर्मचारीले सेवा दिईरहेको उनले जानकारी दिए । राष्ट्रिय ट्रमा सेन्टरसँगको सहकार्यमा स्याटेलाइट ट्रमा सेन्टरको रुपमा विकास गर्ने योजना समेत छ ।

त्रिशुली अस्पतालको वार्षिकोत्सवमा मन्तव्य व्यक्त गर्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित

कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जनताले राज्यबाट प्राप्त गर्ने स्वास्थ्य, शिक्षा लगायत क्षेत्रहरुमा नि:शुल्क तथा सहज रुपमा नुवाकोट, रसुवा र धादिङका जनताले त्रिशुली अस्पतालको सेवाबाट प्राप्त गरेको बताए । देशभरको सरकारी अस्पतालहरूमा उत्कृष्ट हुन सफल त्रिशुली अस्पतालले जिल्लामा रहेका निजि स्वास्थ्य संस्थाहरुमा भन्दा विशेषज्ञ चिकित्सकहरुले सेवा दिईरहेको अवस्थामा गुणस्तरीय सेवा लिन अब निजी अस्पताल धाउनु नपर्ने बताए ।

उत्कृष्ट कर्मचारीबाट सम्मान ग्रहण गर्दै डा. रिमा खड्का

वार्षिकोत्सवका अवसरमा अस्पतालले एनेस्थेसियोलोजिस्ट चिकित्सक डा. रिमा खड्कालाई उत्कृष्ट कर्मचारीबाट सम्मान गरेको छ । यस्तै, अस्पतालले ३० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान समेत गरेको छ ।

वार्षिकोत्सवको अवसरमा अस्पतालको सेवातर्फको वार्षिक प्रगति विवरणसहित कर्मचारीहरुका लेख, रचना रहेको स्मारिका समेत सार्वजनिक गरेका छन् । यस्तै, वार्षिकोत्सव अवसरमा अस्पतालका कर्मचारीहरु बीचमा गरिएको विभिन्न खेकुद प्रतियोगितामा विजयी हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेको छ ।

वि. सं.२०२१ साउन ११ गते त्रिशुली जलविद्युत केन्द्रका कर्मचारीहरुको स्वास्थ्य उपचारको लागि खोलिएको साधारण स्वास्थ्य केन्द्रको विकसित रुप नै आजको त्रिशुली अस्पताल हो । पछि २०३२ सालमा उक्त स्वास्थ्य केन्द्र आम नागरिकको लागि पनि खुल्ला गरिएसँगै जिल्ला अस्पताल त्रिशुलीले अहिले नुवाकोट, रसुवा र धादिङका जनताको स्वास्थ्य उपचारमा सेवा पुर्याउदै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top