२०८१, १४ बैशाख शुक्रबार

“देशको जिम्मेवारी लिन सक्ने सशक्त शक्तिको रुपमा खडा हुनु राप्रपाको कर्तव्य हो”: डा. प्रकाशचन्द्र लोहनी

डबली खबर     श्रावण ३ २०७८ २०:२१

dr prakashchandra lohani
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशको राजनैतिक अस्थिरता र आगामी एकता महाधिवेशनलाई लक्षित गर्दै देशको जिम्मेवारी लिन सक्ने सशक्त शक्तिको रुपमा खडा हुनु हाम्रो कर्तव्य भएको बताएका छन् ।

अध्यक्ष डा. लोहनीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले महाधिवेशनमा आफ्नो स्वतन्त्रता विचारको संरक्षण गर्नु प्रजातान्त्रिक दलको एउटा मुख्य चिन्ह भएको बताएका छन् । राप्रपामा भावी नेतृत्वबारे खुला छलफल गर्न हामी कोहि पनि हिचकिचाउनु या डराउन नपर्ने बताएका छन् । पार्टीको आधारभूत मान्यता र एजेन्डाको परिधिभित्र रहेर कसैप्रति व्यक्तिगत लान्छना या अपशब्द प्रयोग नगरी पार्टीको कार्यक्रम र भावी नेतृत्वबारे खुला छलफल गर्न हामी कोहि पनि हिचकिचाउन या डराउन नपर्ने बताएका हुन् ।

उनले आउँदो चार महिनाभित्र राप्रापाको एकता महाधिवेशनलाई सफल पारि राप्रपालाई राष्ट्रवादी प्रजातान्त्रिक दलको रूपमा देशको जिम्मेवारी लिन सक्ने सशक्त राष्ट्रवादी र प्रजन्तान्त्रिक दलको रुपमा देशको जिम्मेवारी लिन सक्ने शसक्तको रुपमा खडा गर्नु हाम्रो कर्तव्य भएको बताएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top