२०७८, २७ आश्विन बुधबार

त्रिशुली अस्पतालमा सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइयो

डबली खबर     असार ३१ २०७८ २०:४१

An infected woman underwent caesarean section at Trishuli Hospital
saarathi sahakari
tribhuwan trishuli secondary school admission open
bidur tax

नुवाकोट – कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । रसुवाकी ३५ वर्षीया महिलाले बिहिबार दिउँसो जिल्ला अस्पताल त्रिशुलीमा शल्यक्रिया मार्फत बच्चा जन्माएकी हुन् ।

महिलालाई सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा. दिपेन्द्र पाण्डेले जानकारी दिए । सुत्केरी हुने मिति बुधबार मात्र नाघेको थियो । एन्टीजेन र पिसिआर परीक्षण दुवै गर्दा कोरोना पुष्टि भएकी ती महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियामा स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहाल र डा. रिमा खड्काको समूहले जटिल परिस्तिथि संक्रमित महिलाको सफल शल्यक्रिया गरिएको उनले बताए ।

बुधबार अस्पताल भर्ना भएकी ती महिला सामान्य हिसाबले बच्चा नजन्मिएपछि शल्यक्रियामार्फत सुत्केरी गराइएको शल्यक्रियामा संलग्न स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहालले बताए । ती महिलाको यो दोस्रो शल्यक्रिया हो । पहिलोपटक पनि थापाथलीको प्रसुती गृहमा शल्यक्रियामार्फतनै सुत्केरी गराईएको थियो । यसपटक पनि शल्यक्रिया मार्फतनै सुत्केरी गराईनुपर्ने भएकोले जटिल परिस्तिथिमा पनि सफल शल्यक्रिया गराईएको डा. दाहालले बताए ।

उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सङ्क्रमित महिलाको शल्यक्रिया गरिएको डा. पाण्डेको भनाइ छ । ती महिलाले दोस्रो सन्तानका रुपमा छोरी जन्माएको अस्पतालले जनाएको छ । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Trishuli Web Design Services in Nuwakot
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani


Top