sujim bazar advert

पाँचौँपटक देउवा नेपालको ४२ औ प्रधानमन्त्री

४ मन्त्रीले लिए सपथ तथा पदभारग्रहण

डबली खबर     असार ३०, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

deuba sapath
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन् ।

मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवाले शपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् । उनी पाँचौँपटक नेपालको प्रधानमन्त्री बनेका छन् । यसअघि गिरिजाप्रसाद कोइराला पनि पाँचपटकसम्म प्रधानमन्त्री बनेका थिए ।

यसअघि सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै देउबालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । देउवालाई संसद पुनर्स्थापना र आफुलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति निकाल्दै संबिधानलाई उल्लेख नगरी सर्वोच्च अदालतको आदेशका आधारमा आफूलाई प्रधानमन्त्री नियुक्त गरिएको भनी निकालेको विज्ञप्तिलाई लिएर देउवाले आपत्ति जनाएका थिए। उनले संविधानको धारा उल्लेख गरेर नयाँ विज्ञप्ति निकाल्नुपर्ने अडान लिएपछि सपथ ग्रहण निर्धारित समयभन्दा २ घन्टा २० मिनेट ढिलो सुरु भएको थियो। देउवाले एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने छ।

४ मन्त्रीले लिए सपथ तथा पदभारग्रहण

नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुलाई सिंहदरबारमा स्वागत गरिएको छ ।

मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले पनि राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

शपथग्रहण सकिएपछि प्रम सहित सबै मन्त्रीहरु सिधै सिंदरबारमा पदभारका लागि पुगेका थिए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top