२०८१, १३ बैशाख बिहीबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

डबली खबर     असार २२ २०७८ २१:३०

Nepal Oil Corporation
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिक उडान) को मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाएको छ। यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएको छ ।

मूल्यबृद्धि पछि पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ । निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य समेत बढाएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top