२०७८, २० श्रावण बुधबार

आधारभूत अस्पताललाई ६ सेट बेड सहयोग

डबली खबर     असार १८ २०७८ १७:३३


shivapuri primary covid hospital
Tribhuvan Trishuli Secondary School
bidur tax

नुवाकोट – शिवपुरी गाउँपालिकाको आधारभूत अस्पतालका लागि महिला तथा बालबालिकाका लागि सामाजिक सुरक्षा र केटाकेटी संस्थाले अस्पताल शैया सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष राजेश रेग्मीले सेमि फोल्डिङ मेडिकल शैया, आईभी सेट स्ट्यान्ड, साइड टेबल, बेड सिट, म्याट्रेस सेट, तकिया र ब्ल्यान्केट सहितको ६ सेट अस्पताल शैया उपलब्ध गराएका हुन् ।

सहयोग सामाग्री बुझ्दै शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सबैको सहयोगले कोभिड-१९ नियन्त्रणमा शिवपुरी गाउँपालिका सबल हुँदै आएको बताए । पछिल्लो समय प्राप्त सहयोगले अब शिवपुरी गाउँपालिकाको आधारभूत अस्पतालमा २६ शैयाको व्यवस्थापन भएको भन्दै अध्यक्ष थापाले सहयोग प्रदान गर्ने संस्थाका अध्यक्ष रेग्मीलाई धन्यवाद दिए ।

शैयाको लायन्स क्लब अफ स्वीट होम भक्तपुरका संस्थापक अध्यक्ष, समाजसेवी तथा पर्यटन व्यवसायी सुदामा कार्कीको पहलमा उपलब्ध भएको हो ।

गाउँपालिकाले शेराबगरमा सञ्चालन गरेको अक्सिजन सहितको अस्पतालमा २४ सै घण्टा सेवा उपलब्ध छ । अस्पतालमा एमबिबिएस डाक्टर १ जना, स्टाफ नर्स ५ जना, हेल्थ असिस्टेन्ट १ जना र ल्याब टेक्निसियन १ जना खटिएका छन् ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot



Top