२०८१, ७ बैशाख शुक्रबार

थानापतिमा गर्भवती र सुत्केरी आमालाई पृष्ठपोषण

डबली खबर     असार १७ २०७८ १५:२१

Supporting pregnant and lactating mothers in Shivpuri
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिका ४० जना सुनौला हजार दिनका आमाहरुका लागि पृष्ठपोषण सामाग्री वितरण सुरु गरिएको छ ।

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत वडा नम्बर ८ का गर्भवती र सुत्केरी आमाहरुलाई पृष्ठपोषण सामाग्रीहरु वितरण कार्य सुरु गरिएको थानापती स्वास्थयचौकी इन्चार्ज मिरा श्रेष्ठले बताईन् । युरोपियन युनियनको विकास साझेदार युनिसेफमार्फत प्राप्त किसमिस मसला र हर्लिक्स वितरण गर्ने कार्य सुरु गरिएको उनीले जानकारी दिईन् ।

बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका महिला तथा बच्चाको स्वास्थ्य अवस्था राम्रो बनाउने मात्रै नभई उनीहरुको भविष्य समेत राम्रो बनाउने प्रयत्नमा जन्मिएका शिशुको कम तौल, कुपोषण र आर्थिक अवस्था कमजोर लगायतका मापदण्डअनुसार गर्भवती र सुत्केरी आमालाई उक्त पोषणयुक्त सामाग्री वितरण गरिएको उनीले बताईन् ।

यस्तै, बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गतनै गाउँपालिकाबाट प्राप्त पृष्ठपोषण सामाग्रीहरु गर्भवती र सुत्केरी आमालाई एक क्रेट अण्डा र एक पाकेट नुन पनि सँगै वितरण गरिएको छ ।

पृष्ठपोषण सामाग्रीहरुबाट गर्भवती, सुत्केरी आमा र बच्चाको स्याहारमा सहयोग पुग्ने स्वास्थ्य चौकीले जनाएको छ ।

सरकारले महिला तथा बालबालिकाको पोषणस्थितिमा सुधार ल्याउन ‘सुनौला हजार दिन’ जनजागरण अभियान २०७३ बैशाखदेखि सुरु गरेको थियो । शिशु गर्भमा रहेदेखि जन्मेको दुई बर्ष सम्मको अवधिलाई सुनौलो १००० दिन भनिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top