२०८१, ८ बैशाख शनिबार

विदुर नगरपालिकाले प्रत्यक्ष प्रसारण हुदैं गरेको भिडीओ हटायो

डबली खबर     असार १० २०७८ १३:०८

bidur municipality live video removed from Facebook wall
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिकाले नवौं नगरसभाको प्रत्यक्ष प्रसारण भिडिओ हटाएको छ ।

नगरपालिकाको सामाजिक संजाल फेसबुकमा सकारात्मक भन्दा नकरात्मक प्रतिक्रिया बढी आईरहेको थियो । कार्यक्रम सुरुभएको करिब १५ मिनेटमै प्रत्यक्ष प्रसारण बन्द गरेको थियो ।

ढुंगेमा रहेको होटल यांग्राको सभा हलबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेकोमा केहि समय लगतै प्रत्यक्ष प्रसारण बन्द गरी त्यसपछि भिडिओलाई सामाजिक संजालबाट नै हटाएको छ ।

विदुर नगरपालिकाको फेसबुक वाल

प्रत्यक्ष प्रसारणमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले आव २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै थिए ।

प्रत्यक्ष प्रसारणको भिडीओमा १५ प्रतिक्रिया रहेकोमा “निर्वाचित भएको समय ५ वर्ष बितिसक्दा पनि नगरका सबै सडकमा कालोपत्रे नभएको, विकास निर्माण नभएको, आफ्नै कार्यकर्ता भरपोषण” लगायतका प्रतिक्रिया रहेको थियो ।

प्रत्यक्ष प्रसारणको भिडीओ मात्र ४ शेयर र करिब ४० जनाले मात्र हेरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top