२०८१, ६ बैशाख बिहीबार

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा बजेट समीक्षा

डबली खबर     असार ६ २०७८ ०७:३३

budget retrospective nepali congress Bagamati
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले सरकारले प्रस्तुत गरेको बजेटको समीक्षा गरेको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले बागमती प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका छन् ।

उनले सरकारले आफ्नै मिडिया खोल्ने विषयमा आपत्ति जनाउँदै यो राज्यले आफ्नो काम ढाकछोप गर्न खेलिएको दाउपेच रहेको आरोप लगाए । सरकारले खोप लगायतका आवश्यक व्यवस्था गर्नुपर्ने वानियाँको धारणा छ । बजेटले गरिब र विपन्नलाई राहत नदिएको कर्मचारी र प्रहरीलाई प्रोत्साहन दिन सकेको उनको भनाई छ । सांसद दीपेन्द्र श्रेष्ठले खोप र भोकको समस्याबाट मुक्ति पाउने कुरामा ध्यान दिनुपर्ने बताए ।

उनले प्रदेश सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै यो बजेटबाट पनि त्यसलाई सजिलै छुट्याउन सकिने धारणा राखे । सिन्धुपाल्चोकबाट निर्वाचित सांसद लामाले सरकारले बाढी पहिरो पीडितलाई प्रयाप्त राहत दिन नसकेको आरोप लगाए । मेलम्ची, हेलम्बु र पाँच पोखरीमा जनधनको क्षति भएको भन्दै सरकारले राहत र उद्घारमा ध्यान दिनुपर्ने उनको भनाई छ ।
मेलम्ची र हेलम्बुमा आवश्यक व्यवस्था गर्न हेलिकप्टरको तत्काल् व्यवस्था गर्न माग राख्दै उनले डिजास्टरमा बिलम्ब गर्नु अर्को डिजास्टर निम्त्याउनु भएको धारणा राखे । साथै उनले मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्र जोड्ने पुल र बाटो मर्मत गरेर सहज रुपमा आवतजावत गर्न सक्ने अवस्थामा ल्याउन आग्रह गरे ।

सरकारले प्रस्तुत गरेको बजेट समिक्षा र अन्तर्क्रिया कार्यक्रममा प्रदेश सभा सदस्यहरू दीपेन्द्र श्रेष्ठ, छिरिङ दोर्जे लामा, नरोत्तम वैद्य, जीवन डंगोल, कृष्ण भडेल, नीमा लामा, भीमसेन खत्री, नुच्छेनारायण श्रेष्ठ, पुकार महर्जन, राधा घले, प्रभात तमाङ, कल्पना नेपाली, विजय केसी लगायतको सहभागिता रहेको छ । ललितपुरको समिट होटलमा भएको बजेट समिक्षामा नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्य राजु नेपालले कांग्रेसको आर्थिक नीतिको विषयमा प्रस्तुती दिएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top