२०७८, ८ आश्विन शुक्रबार

“राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन”: कमल थापा

डबली खबर     असार २ २०७८ १५:४१

kamal thapa raprapa nepal chairman
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा पटक-पटक सरकारमा गएर आफूहरुले गल्ति गरेको बताएका छन् । अब यस्तो गल्ति नदोहोर्‍याउने उनको भनाइ छ ।

थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले आफूहरु सरकारमा गएको मतदाताले नरुचाएको उल्लेख गरेका छन् ।

थापाले लेखेका छन्, ‘पटक-पटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्यूत्पादक भयो, गल्ति भया । अब गल्ति दोहोरिने छैन ।’

थापाले राप्रपा सरकारमा गए पनि राजसंस्थाको मुद्दा नछोडेको बताएका छन् । ‘सरकारमा गए पनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन र छोड्ने छैन,’ उनले भनेका छन् ।

प्रकाशित: असार २ २०७८ १५:४१

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top