२०८१, ११ बैशाख मंगलवार

चिकित्सकलाई नि:शुल्क अनलिमिटेड नेपाल टेलिकमको भ्वाइस प्याक

डबली खबर     जेष्ठ ७ २०७८ १८:३४

ntc free voice call service to doctor in pandemic period
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल टेलिकमले चिकित्सकलाई नि:शुल्क अनलिमिटेड नेपाल टेलिकमको भ्वाइस प्याक उपलब्ध गराउने भएको छ ।

टेलिकमले कोरोनाभाइरसको महामारीमा अहोरात्र खटिने चिकित्सकहरुलाई प्रोत्साहन स्वरुप हाललाई एक महिनाको नि:शुल्क सुविधा दिन लागेको जनाएको छ ।

यो सुविधा लिनको लागि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुले मात्र पाउने जनाएको छ। काउन्सिलले एक महिना अवधिका लागि अनलिमिटेड एनटीसी भ्वाइस प्याक लिनका लागि इच्छुक चिकित्सकहरुलाई सम्पर्क गर्न जानकारी गराएको छ ।

यो सुविधा लिनका लागि चिकित्सकको मोबाइल नम्बर नेपाल टेलिकमबाट जारी गरिएको हुनुका साथै सो नम्बर सम्बन्धित चिकित्सक स्वयंकै नाममा दर्ता भएको हुनुपर्नेछ ।

चिकित्सकहरुले तल दिएको फर्म वा यहाँ क्लिक गरी टेलिकमको निःशुल्क भ्वाइस प्याक सेवाका लागि अनुरोध फाराम भर्न सक्नेछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top