+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकाका यी ठाउँमा लगाउन सकिन्छ भेरोसेलको दोस्रो डोज

binu tamang covid shield 19 camp bidur municipality
डबली खबर
४ साल अगाडी

नुवाकोट – सरकारले कोरोना भाइरसविरूद्ध दोस्रो डोजको भेरोसेल खोप आइतबारदेखि लगाउन सुरू गरेको छ । बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै पहिलो डोज खोप लगाएकाले आफूलाई पायक पर्ने नजिकका केन्द्रमा गएर खोप लगाउन भनिएको छ।

विदुर नगरपालिकाका स्वास्थ्य निरीक्षक रामराजा भण्डारीका अनुसार पहिलो डोज खोप लगाएको कार्ड साथै लिएर जानुपर्नेछ। खोप लगाएको मिति अनुसार छुट्टाछुट्टै दिन तोकिएको छ। खोप लगाउन जादाँ सवारीसाधनको हकमा भने खोप कार्डको साथै एक जना मात्र जानुपर्ने बताए ।

२०७७ चैत्र २६ गते देखि २०७८ बैशाख १९ गतेसम्म सञ्चालन गरिएको कोभिड-१९ विरुद्धको खोप अभियानमा भेरोसेल खोपको पहिलो मात्रा खोप लगाएकाहरुले दोस्रो डोजको खोप लगाउन खोप केन्द्र र मिति तोकिएको उनले बताए ।

यस्तै, खोप लगाउन जादाँ पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आउन अनुरोध गरेको छ । खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ५ बजेसम्म खोप लगाउनको लागि समय उनले बताए ।

खोप कार्यक्रम

२०७७ चैत्र २६-२९गते सम्म पहिलो डोज लगाउनेहरुले २०७८ जेठ ६ गते

२०७७ चैत ३०-२०७८ बैशाख २ गते सम्म पहिलो डोज लगाउनेहरुले २०७८ जेठ ७ गते

२०७८ बैशाख ३ गते र ५ गतेको सिरियल नम्बर २०० सम्म पहिलो डोज लगाउनेहरुले जेठ ८ गते

२०७८ बैशाख ५ गते सिरियल नम्बर २०१ देखि बाँकी सबै जेठ ९ गते

२०७८ बैशाख १०-१९ गते पहिलो डोज लगाउनेहरुले जेठ १९ गते

यी हुन् विदुर नगरपालिकाका खोप केन्द्र:

विदुर नगरपालिका वडा नम्बर ९ कोलनी, शिव मन्दिर

विदुर नगरपालिका वडा नम्बर ४, बट्टार, नुवाकोट आदर्श बहुमुखी क्याम्पस

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ