२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

त्रिशुली अस्पतालको कोभिड सम्बन्धि जानकारी अनलाईन प्रणालीमा

डबली खबर     बैशाख ३१ २०७८ १४:३१

covid19 daily report trishuli hospital
pratik book and stationery center in nuwakot

विदुर – त्रिशुली अस्पतालले जिल्लाको कोभिड–१९ सँंग सम्बन्धित सूचना प्रवाह अनलाईन प्रणालीबाटै दिन सुरु गरेको छ । शुक्रबारदेखि अस्पतालले कोभिड शय्याको अवस्थाको पूर्ण विवरण सहित सङ्क्रमित बिरामीहरुको विवरण दिन सुरु गरेको हो ।

मुलुकभरका सरकारी अस्पतालहरुमा कोभिड बेड र सङ्क्रमित बिरामीको पूर्ण विवरण अनलाईनमार्फतनै जानकारी दिनेमा पहिलो अस्पताल बनेको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेका अनुसार अस्पतालमा आईसियु बेड क्षमता ६ रहेकोमा अहिले पूर्ण रुपमा भरिएको छ । अहिले कोभिडका तीनवटा वार्डमा ६२ आइसोलेशन शय्या क्षमता रहेकोमा कोभिड ब्लक “बी” मा एक र कोभिड ब्लक “सी” मा १६ गरी १७ वटा आइसोलेशन शय्या मात्र खाली रहेकोको जानकारी दिए । कोरोना जाँच गर्ने प्रयोगशाला (पिसिआर) परीक्षणको नतिजालाई पनि वेबसाईटमा राखिएको छ । अस्पतालले दिने कोभिड सम्बन्धि सेवाको पूर्ण जानकारी वेबसाईटबाटै दिन सुरु गरेको जानकारी दिए ।

यो पनि,
त्रिशुली अस्पतालको कोभिड सम्बन्धी हटलाईन सेवा सञ्चालनमा

अस्पतालको वेबसाईटमा हेर्न https://trishulihospital.gov.np/covid-19/ मा क्लिक गर्नुहोस् ।

त्यस्तै अस्पतालको फेसबुक पेजबाट कोभिड–१९ सँग सम्बन्धित जानकारी तथा अस्पतालका गतिविधिसमेत जानकारी गराउंदै आईरहेको छ ।

अनलाईनमै कोभिडको सेवा सम्बन्धी पूर्ण जानकारी उपलब्ध हुने भएपछि नुवाकोट, रसुवा र धादिङका नागरिकहरूमा सहज हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top