+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाबाट प्रभावित बिरामीको लागि स्वास्थ्य सहायता सामाग्री प्रदान

nuwakot red cross society hepls covid toolkit bag to trishuli hospital
डबली खबर
५ साल अगाडी

विदुर – आज विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट कोरोनाबाट प्रभावित भएका बिरामीको लागि व्यक्तिगत स्वच्छता सरसफाई सामाग्री उपलब्ध गराएको छ ।

कोरोना रोगको संक्रमणको जोखिमको कारण औपचारिक कार्यक्रम गर्न नभएसगैँ नुवाकोट शाखाले नुवाकोटका कोरोना संक्रमित भएर त्रिशूली अस्पतालमा उपचार गराउँदै आएका ३० जना बिरामीको लागि व्यक्तिगत स्वास्थ्य सहायता सामाग्री उपलब्ध गराएको रेडक्रस नुवाकोटका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिए ।

उनको अनुसार अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालनमा रहेको प्रिपियर कार्यक्रम अन्तरगत कोरोना रोगबाट बिरामी भएर त्रिशुली अस्पतालमा उपचार गराउँदै आएका ३० जना बिरामीलाई आइसोलेसनमा बस्दा अति आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको हो ।

रेडक्रस नुवाकोटले यसअघि कोरोना रोगको पहिलो चरणको प्रभावको समयमा पनि कोरोना रोगबाट प्रभावित भएर आइशोलेसनमा बस्दै आएका बिरामीको लागी स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराई सहयोग गरेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ