२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

नुवाकोट काँग्रेसले पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन दिने

डबली खबर     बैशाख २२ २०७८ ०७:२६

pratik book and stationery center in nuwakot

नुवाकोट – कोभिड-१९ संक्रमणको जोखिम भएपछि नेपाली काँग्रेस नुवाकोटले पार्टी कार्यालयमै अस्पताल बनाउन अनुरोध गरेको छ । नुवाकोट कांग्रेसले कोभिड संक्रमितहरूलाई व्यवस्थापन गर्न विदुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा करिव १२० शैयाको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भन्‍दै जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गरेको हो ।

नुवाकोटमा कोभिडका संक्रमितहरूको सङ्ख्या बढ्दै जाँदा अस्पतालका बेडहरू क्रमशः भरिदै गएको र पछिल्लो समय कोभिड संक्रमितहरूका लागि बेड अभाव हुन थालेको गुनासोलाई सम्‍बोधन गर्न अस्पताल बनाउन अनुरोध गरेको सभापति जगदिश्वरनरसिंह केसीले बताए ।

जिल्ला सभापति केसीले कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढेर महामारी फैलिएका वेला जनताको स्वास्थ्योपचारका लागि सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेसको पार्टी कार्यालयमै अस्पताल बनाउन आग्रह गरेको बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top