२०८०, २३ मंसिर शनिबार
social securities awareness bidur municipality

गोर्स्याङमा प्रसुती सेवा सञ्चालनमा

डबली खबर     बैशाख २२ २०७८ ०७:१२

sutkeri
pratik book and stationery center in nuwakot

नुवाकोट – तारकेश्वर गाउँपालिकाले वडा नम्बर ५ गोर्स्याङमा प्रसुति सेवा सञ्चालनमा ल्याएको छ ।

गोर्स्याङ स्वास्थ्य चौकीमा तीनजना अनमीहरुको दक्ष जनशक्ति सहितको २४ सै घण्टा प्रसुति सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालले जानकारी दिईन् । बर्थिङ सेन्टर सञ्चालनको लागि केहि समय अगाडी दक्ष कर्मचारी सहितको माग गरी सञ्चालनमा ल्याएको जानकारी दिईन् ।

गाउँमै २४ सै घण्टा प्रसुती सेवा सञ्चालनमा आएपछि सामान्य खालको सुत्केरी गराउने महिलाहरुलाई त्रिशुली अस्पताल (जिल्ला) र काठमाडौ पु-याउनु पर्ने झण्झट हटेको छ ।

तारकेश्वर गाउँपालिकामा यसअघि दाङसिङ र तारुका स्वास्थ्य चौकीले प्रसुती सेवा दिदै आएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top