२०८१, १५ बैशाख शनिबार

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, यस्तो भन्यो निगमले (विज्ञप्तिसहित)

डबली खबर     बैशाख २० २०७८ ०६:००

Nepal Oil Corporation
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले कोभिड–१९ को विषम परिस्थितिलाई मनन् गर्दै मूल्यबृद्धि नगर्ने भनेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै निगमले पछिल्लो पटक मे १ मा इण्डियन आयल कर्पोरेसनबाट बढेर आएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा ३ रुपैयाँ ४२ पैसा र खाना पकाउने एल.पी ग्यासमा प्रति सिलिन्डर ३७५ रुपैयाँ १३ पैसा घाटा रहेको जनाएको छ । जसबाट निगमलाई हाल पाक्षिक करिब एक सय करोड नोक्सान रहेको जनाएको छ ।

तर, अहिले कोभिड–१९ को विषम परिस्थितिमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्दा मुलुकको अर्थतन्त्र नै असहज अवस्थामा जान सक्ने खतरालाई मनन् गर्दै तत्काल मूल्यबृद्धिलाई रोकिएको निगमले बताएको छ । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top