२०८१, १० बैशाख सोमबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

डबली खबर     बैशाख १९ २०७८ १४:५८

Shankar Pokharel
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् ।

नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न पोखरेलले राजीनामा दिएको बताईएको छ । उनीविरुद्ध कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याएका छन् । मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा आजबाट छलफल सुरू हुने जनाईएको छ ।

अविश्वासको प्रस्तावमा सांसदहरुले आफ्नो भनाई राखेपछि मतदान गरिने छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि नेकपा (एमाले) संसदीय दलको बैठक बसेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top