२०८१, १३ बैशाख बिहीबार

मेरो माइक्रोफाइनान्सको ९ नयाँ शाखा सञ्चालन

डबली खबर     चैत्र १७ २०७७ ११:३३

mero microfinance
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नयाँ ९ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीको अनुसार ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउन शाखा विस्तार गरेको हो ।

कम्पनीको नयाँ शाखाहरु प्रदेश १ को डायनिया (मोरङ), हरिनगर (सुनसरी), खिजी फलांटे (ओखलढुंगा) प्रदेश २ को माधब नारायण (रौतहट), जावख (महोत्तरी) कबिलासी (सर्लाही), दहिपौडी (सिरहा), बिष्णुपुर (सप्तरी) प्रदेश ५ को बैकुण्ठपुर (रुपन्देही)मा रहेका छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले नयाँ शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले संस्थाले लघुवित्त सोप सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बट्टारमा कर्पोरेट कार्यालय रहेको माइक्रोफाइनान्सले नयाँ ९ शाखा विस्तारसँगै देशभर ६१ जिल्लामा शाखा संख्या १३० पुगेको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top