२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा क्षयरोगका बिरामी निको हुने दर ९० प्रतिशत

सुनील श्रेष्ठ     चैत्र ११ २०७७ ०६:०३

Tuberculosis (TB) - Infectious Diseases dost nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विश्वभर बुधबार क्षयरोग दिवस मनाइँदै छ। नेपालमा २४ मार्चको दिन ‘संकेतको समयको, क्षयरोगको अन्त्य’ भन्ने नाराका साथ आज क्षयरोग दिवस मनाइँदैछ ।

अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा मङ्गलबार विदुरमा स्वास्थ्य कार्यालय नुवाकोटद्वारा आयोजित पत्रकार सम्मेलनमा नुवाकोटमा ९० प्रतिशत क्षयरोगका बिरामी निको दर रहेको तथ्यांक स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले प्रस्तुत गरेका थिए ।

“चालुआर्थिक वर्षको नौ महिनाभित्रमा ९४ जना क्षयरोगका बिरामीले डट्स प्रविधिबाट उपचार गरिरहेको छ”, उनले भने “बिरामी हुनेमा २५ वर्षदेखि ५४ वर्ष उमेरका बढी रहेको छ । यो भने कुल बिरामी हुनेमा ६३.८ प्रतिशत हो ।”

१२ वटै स्थानीय तहरुको तथ्याँकमा सबैभन्दा बढी विदुर नगरपालिकामा २६ जना क्षय रोगका बिरामी रहेको तथ्यांक छ । यस्तै, बेलकोटगढी र दुप्चेश्वरका १३/१३ जना, किस्पाङका ९, तारकेश्वरका ८, ककनीका ७, म्यागङका ५, पन्चकन्याका ४, लिखु र सुर्यगढीका ३/३, तादीका २ र शिवपुरीका १ जना क्षयरोगका बिरामीले डट्स प्रविधिबाट उपचार गरिरहेको छ ।

“दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो”, उनले भने “क्षयरोगका यसबाहेक पनि अन्य धेरै लक्षण छन् । यी लक्षण हेरेर क्षयरोग लागे/नलागेको थाहा पाउन सकिन्छ । क्षयरोगका उपचार नि:शुल्क हुन्छ । निरन्तर औषधि सेवन गरे क्षयरोग निको हुन्छ ।”

सामान्यतया क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ ।

नेपालमा वार्षिक रुपमा ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांक छ । 

क्षयरोगको लक्षण

-क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ ।

-रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । यो क्षयरोगको संकेत पनि हुनसक्छ ।

-क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ ।

-क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

-क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top