२०८१, १३ बैशाख बिहीबार

चक्र देव पोलिक्लिनिकले मनायो दोस्रो वार्षिकोत्सव

डबली खबर     फाल्गुन २७ २०७७ १७:५३

chakra dev polyclinic free health camp
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – अनाथ बालबालिका र जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गरी चक्र देव पोलिक्लिनिकले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।

पोलिक्लिनिकले वार्षिकोत्सव अवसरमा विदुर नगरपालिका वडा नम्बर २ मा रहेको जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रबासमै पुगेर २७ जना अनाथ बालबालिकाहरुको नि:शुल्क स्वास्थ्य उपचार गरि आफ्नो वार्षिकोत्सव मनाएको छ।

पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितका अनुसार छात्रबासका बालबालिकाको स्वास्थ्य उपचारमा टिकट शुल्क नलाग्ने र स्वास्थ्य चेकजाँचमा ५० प्रतिशत छुटको व्यवस्था गरि दिएको छ । स्वास्थ्य शिविरमा बालबालिकाहरुको रगत समुह पहिचान परीक्षण समेत गरिएको छ । बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु कापी, कलम, पढ्नको लागि टेबल सामग्री र फलफुल वितरण गरिएको उनले बताए ।

यस्तै, पोलिक्लिनिकले वार्षिकोत्सव अवसरमा गत फाल्गुण २२ गते देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित वृद्धाश्रमका ३७ जना जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गरेको थियो । स्वास्थ्य चेकजाँचमा सम्पूर्ण शरीर चेकजाँच, एक्सरे, मधुमेह, उच्च रक्तचाप, ईसीजीलगायतकोे चेकजाँच गरिएको थियो । 

वार्षिकोत्सवको दिन आज पोलिक्लिनिकमै आई स्वास्थ्य उपचार गर्ने सेवाग्राहीलाई टिकट निशुल्क र सम्पूर्ण स्वास्थ्य चेकजाँचमा ५० प्रतिशत छुटकाे व्यवस्था गरिएको गरेकाे पोलिक्लिनिकले जनाएको छ ।

पोलिक्लिनिकले रगतसम्बन्धिको सम्पूर्ण प्रयोगशाला सेवा, मुटु रोग, हाडजोर्नी तथा नशारोग, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य सम्बन्धि सम्पूर्ण चेकजाँचको साथै समयसमयमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य सेवा दिदैँ आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top