२०७८, ४ आश्विन सोमबार

नि:शुल्क प्याड वितरण

डबली खबर     फाल्गुन २४ २०७७ १७:३०

bhairabi academy school distribute sanitary pad to lady teacher
tribhuwan trishuli secondary school admission open
bidur tax

नुवाकोट – १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भैरवी एकेडेमीले आफ्ना महिला शिक्षिका, कर्मचारी र छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।

सुर्यगढ़ी गाउँपालिकाको वडा नम्बर ३ फलाँटेमा रहेको निजी विद्यालयले आफ्ना महिला शिक्षिका, कर्मचारी र छात्राहरुलाई २५ जनालाई १/१ थान सेनेटरी प्याड वितरण गरिएको विद्यालयका प्रिन्सिपल राममणि अधिकारीले जानकारी दिए ।

प्रिन्सिपल अधिकारीका अनुसार ग्रामिणक्षेत्रमा अझै पनि महिनावारी हुदाँ महिलाले प्रयोग गर्ने प्याडलाई दुषित दृष्टिकोणले हेर्ने भएकोले त्यस्तो कार्यलाई न्यूनीकरण गर्न विद्यालयले निशुल्क प्याड वितरण गरिएको हो ।

महिनावारी भएको अवस्थामा निजी विद्यालयका शिक्षिका, कर्मचारीको साथै छात्राहरु विद्यालय नआउने र शैक्षिक गुणस्तरमा प्रभाव पार्ने अवस्थालाई न्युनिकरण गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने विद्यालयले जनाएको छ।

प्रकाशित: फाल्गुन २४ २०७७ १७:३०

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top