sujim bazar advert

नुवाकोटमा २१ हजार ज्येष्ठ नागरिकलाई कोभिडशिल्ड खोप

डबली खबर     फाल्गुन २१, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

First round vaccine against Covid 19
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा नुवाकोटका २० हजार ९७६ ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ ।

जिल्लाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाइने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । जिल्लाका १२ स्थानीय तहमा दुई चरणमा खोप दिन लागिएको हो ।

फागुन २३ देखि २७ गतेसम्म पहिलो चरणमा दुप्चेश्वर, सुर्यगढ़ी, लिखु, ककनी, तादी र पञ्चकन्यामा खोप लगाईने छ । फागुन २६ देखि चैत्र १ गतेसम्म दोस्रो चरणमा विदुर, बेलकोटगढी, तारकेश्वर, म्यागाङ, किस्पाङ, शिवपुरीका जेष्ठ नागरिकहरुलाई खोप लगाईने भएको छ ।

खोप लगाउन जिल्लाभर ४५० खोप केन्द्र, २६० खोप कार्यकर्ता र एकहजार ३५० स्वयसेवकको टोली परिचालन गरिने कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत राजाराम कार्कीले खोप लगाएपछि कुनै ‘साइडिफेक्ट’ देखिए सोका लागि जिल्ला अस्पताल वा नजिकैको अस्पतालमा सम्पर्क राखी उपचार लिन भनिएको छ । पहिलो प्राथमिकतामा खोप लगाएहरुमा कसैकसैलाई सामान्य ज्वरो आउने, खोप लगाएको हात सामान्य दुख्नेबाहेक कुनै पनि असर नदेखिएको बताए । ज्वरो आएमा सिटामोल खादाँ निको हुने उनले बताए ।

तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संशाेधन गरी ६५ वर्ष पुर्‍याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top