२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा २१ हजार ज्येष्ठ नागरिकलाई कोभिडशिल्ड खोप

डबली खबर     फाल्गुन २१ २०७७ २१:०४

First round vaccine against Covid 19
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा नुवाकोटका २० हजार ९७६ ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ ।

जिल्लाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाइने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । जिल्लाका १२ स्थानीय तहमा दुई चरणमा खोप दिन लागिएको हो ।

फागुन २३ देखि २७ गतेसम्म पहिलो चरणमा दुप्चेश्वर, सुर्यगढ़ी, लिखु, ककनी, तादी र पञ्चकन्यामा खोप लगाईने छ । फागुन २६ देखि चैत्र १ गतेसम्म दोस्रो चरणमा विदुर, बेलकोटगढी, तारकेश्वर, म्यागाङ, किस्पाङ, शिवपुरीका जेष्ठ नागरिकहरुलाई खोप लगाईने भएको छ ।

खोप लगाउन जिल्लाभर ४५० खोप केन्द्र, २६० खोप कार्यकर्ता र एकहजार ३५० स्वयसेवकको टोली परिचालन गरिने कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत राजाराम कार्कीले खोप लगाएपछि कुनै ‘साइडिफेक्ट’ देखिए सोका लागि जिल्ला अस्पताल वा नजिकैको अस्पतालमा सम्पर्क राखी उपचार लिन भनिएको छ । पहिलो प्राथमिकतामा खोप लगाएहरुमा कसैकसैलाई सामान्य ज्वरो आउने, खोप लगाएको हात सामान्य दुख्नेबाहेक कुनै पनि असर नदेखिएको बताए । ज्वरो आएमा सिटामोल खादाँ निको हुने उनले बताए ।

तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संशाेधन गरी ६५ वर्ष पुर्‍याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top