२०८१, १२ बैशाख बुधबार

सुत्केरी आमालाई पाेषणयुक्त खानेकुरा वितरण

डबली खबर     फाल्गुन १९ २०७७ १२:३०

sutkeri bhatta tatha poshan samagri bitaran tarkeshwor nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – तारकेश्वर गाउँपालिकाले ४९ जना सुत्केरी महिलाहरुलाई खाद्यान्न पाेषणयुक्त सामाग्री वितरण गरेकाे छ।

गाउँपालिकाकाे आयोजनामा वडा नम्बर ३ स्थित सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई पाेषणयुक्त खानेकुरा वितरण गरेकाे हो ।

सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई प्रोत्साहन गर्दै पाेषणयुक्त खानेकुरा वितरण गरिएको तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालले बताईन् । चालु आवको नीति तथा कार्यक्रमअनुसार ४९ जना सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको हो ।

उपाध्यक्ष रिमालकाअनुसार सुत्केरीको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण कार्यक्रम एक दरिलो जग हो। गर्भवती भएकाे समयदेखिनै राम्रो पोषण पाएका बच्चाहरु राम्ररी सिक्न र हुर्कन सक्छन्, समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ हुन्छन्। यसले गर्दा बच्चा र आमाकाे स्वास्थ्य अवस्था धेरै राम्राे हुने बताईन्।

नियमित चारमहिनासम्म गर्भवती आमाले स्वास्थ्य कार्यालयमा चेकजाँच गर्ने आमाहरुलाई सरकारी नियम अनुसार दुईहजार ८ सय समेत वितरण गरिएकाे उपाध्यक्ष रिमालले बताईन् ।

सुत्केरी पाेषणयुक्त खानेकुरा सामाग्रीमा अण्डा, काजु, बदाम,किसमिस, मह, हर्लिक्स, गेडागुडी, सुत्केरी मसला, तेल र साबुन लगायतका सामाग्रीहरु रहेकाे छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top