काेलेनी – नुवाकोट जिल्लाको सरकारी अस्पताल त्रिशुली अस्पतालमा त्रिशुली अस्पतालमा माईक्रो प्याथोलोजी प्रयोगशाला सेवा सञ्चालनमा आएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिपेन्द्र पाण्डेका अनुसार अबदेखि अस्पतालमा सम्पूर्ण कल्चर सम्बन्धि सेवा उपलब्ध हुनेछ । प्रयोगशाला स्थापना हुनु अघि विभिन्न जाँचका लागि अन्यत्र जानुपर्ने अवस्था रहेकोमा अहिले त्यो अवस्थाको अन्त्य भएको पाण्डेले दावी गरे ।
गुणस्तरीय प्रयोगशालाको कमी र अभावलाई महशुस गर्दै अत्याधुनिक प्रविधि र दक्ष प्राविधिक सहितको सेवा दिने मुख्य उद्देश्यका साथ सञ्चालनमा ल्याएकाे अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्याैपानेले बताए । अस्पतालमा दिनप्रतिदिन सेवाहरु थप हुँदै गएको र आगामी दिनमा अन्य सेवा सुविधाहरु प्रक्रियागत रूपमा बढाउँदै लगिने बताए ।
प्रयोगशालाबाट विभिन्न हर्मोन, भिटामिन, क्यान्सर, कल्चरसहित नियमित जाँचहरु पहिलो चरणमा सुचारु गरिने प्रयोगशाला प्रमुख तथा माईक्रो बायोलिस्ट ज्ञानेश्वर थारुले बताए ।
नुवाकोट, रसुवा र धादिङका सेवाग्राहीहरुले प्रयोगशाला सञ्चालनसँगै सेवागाहीले लाभ लिन सकिने अस्पतालले जनाएको छ ।
अस्पतालले विपन्न तथा गरिबहरुको लागि निःशुल्क र सहुलियत परिक्षणकाे व्यवस्था गर्दै आईरहेको छ ।
प्रतिक्रिया