२०८०, ६ चैत्र मंगलवार

सुभेनियर बोर्डिंङ्गको एस्ट्रो एक्स्पो

डबली खबर     पुष २४ २०७७ २०:१०

astrology Expo participate student and parent
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बिहिबार साँझको सात बजेतिर सुभेनियर बोर्डिंङ्गको मैदानमा माईकिंङको गुञ्जायमान थियो । विद्यालयकाे मुख्यद्वारमा मात्र झिलिमिलीको उज्यालो । तर खेल मैदान र कक्षाकाेठा अध्याँरो थियो । मैदानमा विद्यार्थीहरु लामबद्ध भएर उभिरहेका थिए । रातो समय अनि जाडोको मौसममा पनि पालैपालो टेलिस्कोप राखिएको स्थानमा गएर नियाल्दै थिए ।

यत्तिकैमा कक्षा १० मा अध्ययनरत छात्र विनय कारञ्‍जितको पालो आयो । उनले टेलिस्कोपमा आँखा लगाए, अनि नियाल्दै थिए। अनि भन्दै थिए, अहँ केहि देखिएन सर? त्यसपछि शिक्षकको सहायताले टेलिस्कोपको लेन्स मिलायर हेर्दै थिए, मङ्गल ग्रह !

नाङ्गो आँखाले पनि नियालेर हेर्दा पनि देखिने मङ्गल ग्रहलाई टेलिस्कोपको माध्यमबाट हेर्दा झनै नजिकै देखिएकोमा दङ्ग थिए, विनय । पृथ्वीबाट नजिकैको दुरीमा रहेको ग्रह भनेर पढेकोमा आज टेलिस्कोपको माध्यमले झन नजिकैबाट हेर्न पाउँदा खुशी थिए ।

विनय जस्तै अरु विद्यार्थीहरु रातको समय प्रवाह नगरी मङ्गल ग्रहलाई नजिकैबाट नियाल्न लामबद्ध थिए । त्यसपछि ताराहरूको नक्षत्र पनि दुरबिनबाट केहि नजिकबाट नियाल्न व्यवस्था गरेको स्थानमा सबै विद्यार्थीहरुले पालैपालो हेर्दै जाँदै थिए ।

एस्ट्रो एक्स्पोमा ताराहरुको नक्षत्र अवलोकन गर्दै विद्यार्थी छात्रा ।
  • पृथ्वी –    मंगल –    ०.५२
  • पृथ्वी –    बृहस्पति –    ४.२
  • पृथ्वी –    शनि –    ८.५२
  • पृथ्वी –    अरुण –    १८.२१
  • पृथ्वी –    वरुण –    २९.०९

विद्यालयतहमा पाठ्य पुस्तकबाट मात्रै सौर्य मण्डलका ग्रह, उपग्रह र नक्षत्रका बारेमा सिकाइएका विद्यार्थीहरुलाई सौर्य मण्डलको अवलोकन गराउने उदेश्यले अवलोकन गराउँदा शिक्षण सिकाइ प्रभावकारी हुने भएकोले “एस्ट्रो एक्स्पो” आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले बताए । रातको समयमा मात्र सहज रुपमा देखिने चन्द्रमा, विभिन्न ग्रह र नक्षत्र भएकोले यस एस्प्रो अवलोकनको लागि विद्यालयका पुर्व विद्यार्थी तथा नुवाकोट साईन्स क्लबका संयोजक नरेश्वर पाण्डे, विज्ञानका विद्याथी शेखर चित्रकार लगायतको सहकार्यमा भएको उनले बताए ।

बिहिबारदेखि शुक्रबारसम्म भएको उक्त एस्प्रोमा कक्षा ७, ८ , ९ र १० मा अध्ययनरत विद्यार्थी, अविभावक, पुर्व विद्यार्थी लगायतले चन्द्रमा, मङ्गल, शनि, बृहस्पति, ताराहरूको नक्षत्रको अवलोकन टेलिस्कोप र दुरबिनको माध्यमले नजिकैबाट गरेको विद्यालयका विज्ञान शिक्षक काजी खान जानकारी दिए ।

निकट भविष्यमा यस्ता किसिमका कार्यक्रम जिल्लाका अन्य विद्यालयका विद्यार्थीहरुलाई देखाईने लक्ष्य राखिएको विद्यालयले जनाएको छ।

एस्ट्रो एक्स्पोमा ताराहरुको नक्षत्र अवलोकन गर्दै समाजसेवी शिवप्रसाद मिश्र ।
एस्ट्रो एक्स्पोमा ताराहरुको नक्षत्र अवलोकन गर्दै अभिभावक ध्रुवलाल श्रेष्ठ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top