२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा प्रचण्ड–माधव पक्षमा

डबली खबर     पुष १२ २०७७ २०:१५

nekapa nuwakot cpuml prachanda madhav
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेकपा नुवाकोटको जिल्ला भेलामा २६ जना बाहेकका सबै जिल्ला कमिटि सदस्यहरू सहभागी भएका छन् ।

नुवाकोट नेकपाको १६० जना जिल्ला सदस्यमा १३४ जना आइतवार सहभागि भएर प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदमको बिरोध गरेका छन् । २६ जना ओली पक्षका देखिएकोले भेलामा सहभभागि नभएको नेकपा नुवाकोटका एक नेताले बताए ।

नेकपा नुवाकोटका सचिव नारायणप्रसाद खतिवडाले दिएको जानकारी अनुसार नुवाकोटको सबै स्थानीय तहमा पुस १६ गते कार्यक्रम र कार्यकर्ता भेलाको आयोजना गरिएको छ । त्यसको नेतृत्व र ब्यवस्थापनका लागि नेकपा बाग्मती प्रदेशका १२ जना सदस्यहरूलाई तोकिएको छ । यस्तै नुवाकोट जिल्लामा नेकपाबाट निर्वाचित वडा अध्यक्षहरूमा ३५ भन्दा बढीले आइतवारको कार्यक्रममा सहभागिता जनाएका छन् ।

८८ वटा वडा रहेको नुवाकोटमा ५१ वटा वडामा नेकपाले अध्यक्ष जितेको छ । प्रधानमन्त्री ओली पक्षमा बढिमा १५ जना वडा अध्यक्षहरू रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top