२०८१, १४ बैशाख शुक्रबार

तारकेश्वरबाट ट्रेड युनियन र स्वास्थ्यकर्मी संघको स्थानीय अधिवेशन सुरु

डबली खबर     पुष ५ २०७७ १२:४०

ntuc nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

तारकेश्वर, नुवाकोट – तारकेश्वर गाउँपालिकामा स्थानीय अधिवेशन गरेर नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोट र नेपाल स्वास्थ्यकर्मी संघ नुवाकोटले सांगठनिक संरचनालाई स्थानीयस्तरमा विस्तार गर्ने र संगठन सुदृढिकरण अभियान सुरुवात गरेको छ ।

स्थानीय अधिबेशनबाट मदन बराल मगरको अध्यक्षतामा नेपाल ट्रेड युनियन काँग्रेसको स्थानीय समिति निर्विरोध चयन भएका छन् । समितिको उपाध्यक्षमा मोतिराम ढकाल, सचिवमा दुर्गा अधिकारी र कोषाध्यक्षमा गणेशप्रसाद खनाल रहेका छन् ।

सदस्यहरुमा भोजबहादुर भण्डारी, सञ्चमाया तमाङ, मुना श्रेष्ठ, दुर्गा अधिकारी,सिताराम वस्ती र बट्टाई बिश्वकर्मा रहेका छन् ।

स्वास्थ्यकर्मी संघमा तामाङ

यसैगरी उपास तामाङको अध्यक्षतामा सर्वसम्मत निर्वाचित स्वास्थ्यकर्मी संघको स्थानीय समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः बिष्णुमाया श्रेष्ठ, रंजितकुमार सिंह, कृष्णमान श्रेष्ठ र ज्ञानु तमाङ तथा सदस्यहरुमा मनकुमारी सापकोटा, लक्ष्मी श्रेष्ठ, गंगा न्यौपाने,सुनिता मिश्र र साबित्री बुढाथोकी रहेका छन् ।

अधिवेशन उद्घाटनका क्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको सफलतामा श्रमिक बर्गको महत्वपूर्ण भुमिका रहेको बताउँदै श्रमिकको हकहित र समस्या समाधानमा नेपाली काँग्रेस सदैव प्रतिबद्ध रहेको बताए । तारकेश्वर लगायतका स्थानीय तहमा जोखिमको पर्वाह नगरि कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सुबिधा उपलब्ध नगराईएकोप्रति काँग्रेसको ध्यानाकर्षण भएको उल्लेख गर्दे त्यसक्रममा केसीले राज्यस्रोतको आफुखुशी बाँडफाँड गर्ने र राज्यका सुबिधा उपलब्ध गराउँदा बिभेद गर्ने प्रबृत्तीको स्थानीयस्तरबाट प्रतिरोध आवश्यक भईसकेको समेत बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top