sujim bazar advert

विप्लव समूहका नेता विरही पक्राउ

डबली खबर     मंसिर २४, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

arrested to birahi biplop samahu
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – स्काभेक्टर आगजनी गरेको अभियोगमा ललितपुरबाट पक्राउ गरेर नुवाकोटमा ल्याइएका नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिख छुटे लगत्तै पुनःपक्राउ परेका छन् ।

बेलकोटगढी नगरपालिकाको वडा नं. १३ स्थित राजेन्द्रबहादुर तामाङको स्काभेटरमा गएको भदौ ७ गते भएको आगजनी घटनामा संलग्न रहेको अभियोगको मुद्दामा साधारण तारिखमा रिहा भएलगत्तै विरहीलाई नुवाकोट प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।

मंसिर १८गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएको नेकपा विप्लव समूहका नेता विरहीले मदानपुरमा स्काभेक्टरमा आगजनी गरेको प्रमाण कमजोर रहेको भन्दै नुवाकोट जिल्ला अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

चितवनको रत्ननगर-५ घर भएका अनिल शर्मालाई गएको बैशाख २३ गते त्यहाँको प्रहरीले उपचार गर्न अस्पताल पुगेको समयमा पक्राउ गरेर भदौ २३ गतेसम्म नै हिरासतमा राखेको थियो । आफू हिरासतमा भएको अबस्थामा भदौ ७ मा मदानपुरमा स्काभेक्छर जलाउन आउन सक्ने अवस्था नभएको दावीको आधारमा उनलाई नुवाकोट अदालतले तारिखमा रिहा गरेको हो ।

नुवाकोट अदालतले साधारण तारिखमा छाड्न आदेश दिएलगत्तै नुवाकोट प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको छ । उनलाई दिएको जरुरी पक्राउ पुर्जी अनुसार काभ्रेमा सङ्गठित अपराध, आगजनी लगायतको मुद्दाको लागी पक्राउ गरेको भनिएको छ ।

गएको बैशाख २३ मा चितवनबाट पक्राउ परेका उनी भदौ २३ मा चितवनबाट छुटेपछि त्यसलगत्तै धनुषा, सुनसरी, भोजपुर, सखुंवासभा, मोरङ, काठमाडौं, ललितपुर हुदैं नवौं जिल्लाको रुपमा नुवाकोटमा ल्याइएको थियो । उनले आफूलाई लगाइएको अभियोग कहिँ पनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहीको रुपमा राज्यले दमन गरेर झुठा मुद्धा लगाएर फसाउन खोजको प्रतिक्रिया दिएका छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top