२०८१, १४ बैशाख शुक्रबार

विप्लव समूहका नेता विरही पक्राउ

डबली खबर     मंसिर २४ २०७७ १३:३१

arrested to birahi biplop samahu
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – स्काभेक्टर आगजनी गरेको अभियोगमा ललितपुरबाट पक्राउ गरेर नुवाकोटमा ल्याइएका नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिख छुटे लगत्तै पुनःपक्राउ परेका छन् ।

बेलकोटगढी नगरपालिकाको वडा नं. १३ स्थित राजेन्द्रबहादुर तामाङको स्काभेटरमा गएको भदौ ७ गते भएको आगजनी घटनामा संलग्न रहेको अभियोगको मुद्दामा साधारण तारिखमा रिहा भएलगत्तै विरहीलाई नुवाकोट प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।

मंसिर १८गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएको नेकपा विप्लव समूहका नेता विरहीले मदानपुरमा स्काभेक्टरमा आगजनी गरेको प्रमाण कमजोर रहेको भन्दै नुवाकोट जिल्ला अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

चितवनको रत्ननगर-५ घर भएका अनिल शर्मालाई गएको बैशाख २३ गते त्यहाँको प्रहरीले उपचार गर्न अस्पताल पुगेको समयमा पक्राउ गरेर भदौ २३ गतेसम्म नै हिरासतमा राखेको थियो । आफू हिरासतमा भएको अबस्थामा भदौ ७ मा मदानपुरमा स्काभेक्छर जलाउन आउन सक्ने अवस्था नभएको दावीको आधारमा उनलाई नुवाकोट अदालतले तारिखमा रिहा गरेको हो ।

नुवाकोट अदालतले साधारण तारिखमा छाड्न आदेश दिएलगत्तै नुवाकोट प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको छ । उनलाई दिएको जरुरी पक्राउ पुर्जी अनुसार काभ्रेमा सङ्गठित अपराध, आगजनी लगायतको मुद्दाको लागी पक्राउ गरेको भनिएको छ ।

गएको बैशाख २३ मा चितवनबाट पक्राउ परेका उनी भदौ २३ मा चितवनबाट छुटेपछि त्यसलगत्तै धनुषा, सुनसरी, भोजपुर, सखुंवासभा, मोरङ, काठमाडौं, ललितपुर हुदैं नवौं जिल्लाको रुपमा नुवाकोटमा ल्याइएको थियो । उनले आफूलाई लगाइएको अभियोग कहिँ पनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहीको रुपमा राज्यले दमन गरेर झुठा मुद्धा लगाएर फसाउन खोजको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top