+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशुली अस्पतालमा मनोचिकित्सा विशेषज्ञ सेवा सुरु हुने

patan hospital and trishuli hospital signed to service
डबली खबर
५ साल अगाडी

नुवाकोट – त्रिशुली अस्पताल नुवाकोटले मनोचिकित्सा विशेषज्ञ सेवा सुरु गर्ने भएको छ।

अस्पतालमा हरेक महिनाको दोस्रो सोमबार मानसिक तथा नशा रोग विशेषज्ञबाट सेवा प्रदानको लागि दिनको लागि मानसिक अस्पताल ललितपुरका निर्देशक डा. मुकुन्दराज श्रेष्ठ र त्रिशुली अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. दिपेन्द्र पाण्डे बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अस्पतालमा जनरल मानसिक स्वास्थ्य सेवालाई बिस्तार गर्दै विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउने योजना अनुसार यी सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट पाण्डेले जानकारी दिए ।

यसअघि अस्पतालमा कान्ति बाल अस्पतालसँगको सहकार्यमा बाल रोग सम्बन्धि सेवा प्रदान गर्नको लागि सम्झौता भएको थियो।

यस्तै, अस्पतालको नयाँ भवनमा आजदेखि शल्यकृया उपचार सेवा सञ्चालनमा आएको छ ।

प्रदेश सरकारले स्वास्थ्य सेवा सुविधालाई सुदृढीकरण गरी त्रिशुली अस्पताललाई एक सय शय्याको अस्पतालमा विकास गर्ने लक्ष्य लिईएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ