विदुर, नुवाकोट – बर्गर पारखीहरूलाई लक्षित गर्दै “द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन” कम्पनीको ४८औं आउटलेट सञ्चालनमा आएको छ।
सातैवटा प्रदेश र सबै मुख्य शहरहरुमा शाखा विस्तार गर्ने अभियान अन्तर्गत विदुरको मुख्य चोकमै सञ्चालनमा हो ।
शुलभ मूल्यमा बर्गर र चिकेनको परिकारकाे स्वाद लिन पाइने उक्त रेष्टुरेन्टमा दक्ष र अनुभवी कुक र सेफहरुले उत्कृष्ट बर्गर र चिकेनको परिकारसहित आगन्तुकलाई स्वागत गरिने कम्पनीले दाबी गरेका छन् ।
नुवाकाेटमा बर्गर र चिकेनको लोकप्रियता बढेसँगै सो आवश्यकता पूर्ति गर्ने र सुलभ मूल्यमा रेष्टुरेन्ट आइटम उपलब्ध गराउनु आफूहरूको लक्ष्य रहेको प्रबन्धक जेबी लामाले बताए ।
उक्त हाउसमा बर्गर र चिकेनका साथै इन्डियन, चाइनिज, कन्टिनेन्टल र नेपाली परिकार उपलब्ध छन् ।
युवा व्यवसायी बसन्त लामाले २०७२ चैत २० गतेबाट काठमाडौंको शंखमूलबाट सुरु गरेको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ अहिले देशभर विस्तार हुनेक्रममा रहेको छ।
प्रतिक्रिया