काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ५४औं वार्षिक साधारण सभाबाट जिल्ला नगरको केन्द्रीय सदस्यमा राजन श्रेष्ठ निर्वाचित भएका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठले ७९ मत ल्याएर विजयी भएका हुन्।
जिल्ला-नगरतर्फको पूरै १०५ भोट नै खसेको थियो । त्यसमध्ये ३ वटा बदर भएको थियो ।
निजी क्षेत्रको छाता सङ्गठन मानिने महासंको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो ।
प्रतिक्रिया