२०८१, १३ बैशाख बिहीबार

रत्नपार्कको नाम नफेर: राप्रपा

डबली खबर     मंसिर ८ २०७७ १६:०७

kamal thapa pashupati samsher rana prakash chandra lohani raprapa RPP
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम शंखधर शाख्वा उद्यान राखेकामा विरोध जनाएको छ ।

राप्रपाका अध्यक्षहरु पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनीकमल थापाद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्ति निकालेर रत्नपार्कको नाम फेर्दा नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन भएको भनिएको छ ।

राप्रपाले रत्नपार्कको नाम फेर्नु दुई कारणले उचित नहुने भनेको छ । “पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोस्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको छ” विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले शंखधर शाख्वाको योगदानको सम्मान गर्न हाल भइरहेको संरचनाको नाम परिवर्तन गरेर होइन, शंखधरको नाम राखेर नयाँ र भब्य संरचना बनाउनुपर्ने बताएको छ ।

हालै मात्र काठमाडौं महानगरपालिकाले शंखधर शाख्वाको शालिक अनावरण गरी रत्नपार्कको नाम शंखधर शाख्वा उद्यान राखेको थियो ।

संयुक्त विज्ञप्ति

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top