२०८१, १३ बैशाख बिहीबार

नुवाकोटबाट ‘विप्लव’ समूहका बादल पक्राउ

डबली खबर     मंसिर ८ २०७७ १२:२९

Netra Bikram chand 'Biplap' general secretary of CPN-UML Maoist
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा-माओवादीका ४१ वर्षीय बादल भनिने रामकुमार अधिकारीलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

सुर्यगढी गाउँपालिका वडा नम्बर २ घर भएका बादललाई प्रहरीले आइतबार राति विदुर नगरपालिकाको बट्टार बजारबाट पक्राउ गरेको हो । राति १ बजे बादलले शंकास्पद गतिविधि गरिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

बादलको साथबाट चन्दा रसिद, पार्टीको पर्चाको साथै अन्य कागजात समेत बरामद गरेको प्रहरीले जनाएको छ। सोधपुछबाट उनी लगायत ककनी गाउँपालिकाको विभिन्न स्थानहरुमा पर्चा, पम्प्लेट वितरण कार्यमा संग्लन रहेका ककनी-३ का शम्भुप्रसाद ढुंगाना र विनोद ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक वलीका अनुसार पक्राउ परेका विप्लव समूहका कार्यकर्ताहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

उक्त समूहले आज सातौ पार्टी पुर्नगठन तथा एकता दिवस मनाइरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top