२०८१, ७ बैशाख शुक्रबार

नुवाकोटमा ३६ सङ्क्रमित थपियो

डबली खबर     कार्तिक २६ २०७७ १३:५८

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नुवाकोटमा कोरोनाभाइरसको कारण आज ३६ जना सङ्क्रमित थपेसँगै सङ्क्रमित हुनेको संख्या ६ सय ८३ पुगेको छ । सङ्क्रमित मध्ये २०१ जना महिला र ४८२ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ३१, सुर्यगढी गाउँपालिकाका २ शिवपुरीका १, पञ्चकन्याका १ र किस्पाङका १ जना सङ्क्रमित भएका छन् ।

आज संक्रमित हुनेमा विदुर नगरपालिकाका १२ महिला र १९ पुरुष रहेका छन्। सुर्यगढी गाउँपालिकाका २ पुरुष रहेका छन्। यस्तै, शिवपुरी, पञ्चकन्या र किस्पाङ गाउँपालिकाका १/१ पुरुष रहका छन्। संक्रमित बिरामीहरु सबै जना होम आईसोलेसनमा रहेका छन्।

स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार आजमात्र ७ महिला र १३ पुरुष गरि २० जना सङ्क्रमित कोरोनामुक्त भई घर फर्किएका छन् । अहिले जिल्लामा त्रिशुली अस्पतालमा ६ जना, शिवपुरी आइसोलेसनमा १ जना र होम आईसोलेसनमा ३५५ जना गरि ३६२ जना उपचारत रहेका छन्।

हालसम्म जिल्लामा ६ हजार ९८४ जनाको पिसिआर परिक्षण भएको छ ।

नुवाकोटमा कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्न थालेपछी आजबाट प्रशासनले जिल्लाभर निषेधाज्ञा लागु गरेको छ ।

नुवाकोटमा आजदेखि निषेधाज्ञा

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top