+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशुली अस्पतालमा स्याटेलाइट क्लिनिक सेवा

satalite clinic service trishuli hospital and kanti baal hospital
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – त्रिशुली अस्पताल (जिल्ला)मा स्याटेलाइट क्लिनिक सेवा उपलब्ध गराइने भएको छ । यसका लागि त्रिशुली अस्पतालकान्ति बाल अस्पताल बीचमा बुधबार सम्झौता समेत भएको हो ।

सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मुनिका आधारभूत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि’ अनुसार त्रिशुली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराउन लागिएको कान्तिबाल अस्पतालको तर्फबाट निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।

त्रिशुली अस्पतालमा हरेक मंगलबार कान्तिबाल अस्पतालको विशेषज्ञसहितको सेवा उपलब्ध गराउन दुई अस्पतालका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

त्रिशुली अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा. सुनिता केसी र कान्तिबाल अस्पतालको तर्फबाट निर्देशक डा. कृष्णप्रसाद पौडेलले आगामी असार मसान्तसम्मको लागि विशेषज्ञ र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सहमति कार्यान्वयनमा आएको उल्लेख गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ