विदुर, नुवाकोट – नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजन श्रेष्ठले आगामी मंसिरमा हुने महासंघको निर्वाचनका लागि पुन:सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलबाट जिल्ला तथा नगरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन आगामी मंसिर ११ र १२ र वार्षिक साधारणसभा तथा १३ गते निर्वाचन हुँदैछ ।
कोरोनाभाइरसका कारण गत चैत्रमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन स्थगन भएको थियो ।
प्रतिक्रिया