२०८१, १३ बैशाख बिहीबार

नुवाकोटका औषधी पसल अनुगमन, दुई लाखसम्मको जरिवाना हुनसक्ने

डबली खबर     आश्विन २३ २०७७ ०६:४७

dao investigate nuwakot medial and pharmacy
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – औषधि व्यवस्था विभाग काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त टोलीले नुवाकोटका दर्जनौ औषधी पसलहरुको अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार अनुगमन टोलीले म्यागङ-३ मा सञ्चालित मेडिकल तथा फार्मेसीहरु अनुगमन गर्ने क्रममा सोही वडामा सञ्‍चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित संञ्चालनमा रहेको पाईकोले कानून बमोजिम रितपुर्वक सिलवन्दी मुचुल्का तयार गरी उक्त मेडिकल/फार्मेसीहरु सिलबन्दी गरिएको छ।

बिहिबार संयुक्त अनुगमन टोलीले विदुर नगरपालिका र तादी गाउँपालिकाका बजार क्षेत्रमा रहेका औषधि पसलको अनुगमन गरेको छ।

विदुर नगरपालिका क्षेत्रभित्र अनुगमन गरिएका नौवटा औषधि पसलमध्ये विदुर नगरपालिका-२ बट्टारमा रहेको सापकोटा मेडिकल हल, वडा नम्बर ४ बट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल र विदुर फार्मेसी गरी चार वटा स्वास्थ्य सेवाप्रदायक संस्थाहरुलाई बिक्री बिल बिजक जारी नगरी औषधी बिक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम जनही रु.२ लाख जरिवाना तोकी ७ दिनभित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको जिल्ला अधिकारी ढकालले बताए । यस्तै, वडा नम्बर १ ढुंगेमा रहेको समीर फार्मेसीले पनि सोहिअनुसारको निर्देशन दिइएको छ ।

तादी गाउँपालिका क्षेत्रभित्रको खरानीटार बजारमा अनुगमन गरिएका वडा नम्बर ३ मा रहेका तादी फर्मा र दुप्चेश्वर फार्मेसी गरी २ वटा औषधी पसलहरुमा खरिद बिल नभएको समेतको अवस्था देखिएको उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम जनही रु.१० हजार जरिवाना तोकी ७ दिन भित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top